शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भेट्रान्स कपको उपाधि ललितपुरको बर्गरलाई

शनिबार, ०१ माघ २०७८, २१ : ०३
शनिबार, ०१ माघ २०७८

पोखरामा सम्पन्न भेट्रान्स कप फुटबलको उपाधि ललितपुरको टी बर्गर क्लबले जितेको छ । शनिबार पोखराकै एवीसी भेट्रान्समाथि ३–० गोलअन्तरमा जीत निकाल्दै पाहुना टोली बर्गरले ‘५ औं स्व.रञ्जित गुरुङ बगर भाइ खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको’ उपाधि उचालेको हो । विजेता टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने उपविजेताले ७५ हजार ५ सय ५५ नगद पाएको छ ।

टी बर्गरलाई उपाधि जिताउन भूपेन लिम्बुले २ र रमेश गुरुङले एक गोलको योगदान दिए । फाइनल खेलमा म्यान अफ दी म्याचको ट्रफी टी बर्गरका भूपेन लिम्बुले हात पारे । पुस २६ गतेबाट सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट गोल रक्षक टी बर्गरका मीनबहादुर बस्नेत, उत्कृष्ट डिफेण्डर एवीसीका विष्णुलाल श्रेष्ठ, उत्कृष्ट फरवार्ड टी बर्गरका नगेन लिम्बु घोषित भए । उनीहरूले जनही नगद ५ हजारका साथमा ट्रफी हात पारे ।

४० वर्षदेखि ६५ वर्षको उमेर समूहका पाका खेलाडीहरूको खेलबाट नयाँ पिँढीलाई खेलकुदप्रति अभिरुचि जगाउन वर्षेनी प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा २५ टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप