सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

रुस र बेलारुसका राष्ट्रपति बीच शुक्रबार भेटवार्ता हुने

बिहीबार, २६ फागुन २०७८, २० : १९
बिहीबार, २६ फागुन २०७८

रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो । रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उनीहरूको भेटवार्ता केन्द्रित हुने जानकारी दिए । 

विभिन्न सञ्चार माध्यमहरूले यसअघि नै उनीहरूका बीचमा भेटवार्ता हुन लागेको समाचार सम्प्रेषण गरेका थिए । “हो बेलारुसका राष्ट्रपति भोलि मस्को आँउदै हुनुहुन्छ, उहाँले हाम्रा राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ,” प्रवक्ता पेस्कोभले बिहीबार पत्रकारहरूसँग भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप