शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु दाहालले बनाइन् २००० मतले अग्रता

बुधबार, ०४ जेठ २०७९, १८ : ०७
बुधबार, ०४ जेठ २०७९

भरतपुर महानगरपालिकामा रेनु दाहालले २ हजार मतको अग्रता बनाएकी छन् । बुधबार प्राप्त मतपरिणामअनुसार उनले २ हजार मतले ‘लिड’ गरिरहेकी हुन् । 

कुल ३०२५२ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार दाहालले ११०९० मत प्राप्त गरेकी हुन् । एमालेका उम्मेदवार विजय सुवेदीले  ९०९० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४९५८ मत प्राप्त गरेका छन् । 

यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले  १३२४५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ७३७१ मत पाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप