छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
शनिबार, २९ वैशाख २०८१, १६ : ४०
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
- धनुषा, मिथिला नगरपालिका-६ वायर फ्याक्ट्री नजिक सडकमा जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज.१० प २१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार जनकपुर उपमहानगरपालिका-१ बस्ने १७ वर्षीय रमित सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ३ जना ढल्केवर अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएका छन् । उपचार पश्चात् डिस्चार्ज भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- कपिलवस्तु, विजयनगर गाउँपालिका-६ खजनीस्थित सडकमा लु.५ त ७१३ नम्बरको ट्याक्टर र युपि ५५ एम ९८७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका-१ डिमै बस्ने २९ वर्षीय गुफरान खाँनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराह अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- रूपन्देही, बुटवल उपमहानगरपालिका-९ तिनकुनेस्थित सडकमा तिनकुनेबाट योगिकुटीतर्फ जाँदै गरेको लु.७२ प ७७२२ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दैलेख घर भएका २२ वर्षीय जगत बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ बिगेटस्थित सडकमा कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु.३ त २८४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सुस्ता गाउँपालिका-५ तरेनी बस्ने सुरेन्द्र कंकरको छोरा १३ वर्षीय गोलु भन्ने रोहित कंकरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
- चितवन, भरतपुर महानगरपालिका-१८ आदर्श टोलमा बा.प्र.०३-००५ प ५९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८३ वर्षीया दिलमाया अधिकारीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- दाङ, तुल्सीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडकमा खमारीदेखि तुल्सीपुरतर्फ जाँदै गरेको रा.१ ह ५७६९ नम्बरको अटो सडकबाट अन्दाजी ३० मिटर तल खोलामा खसेर शनिबार बिहान दुर्घटना हुँदा अटो चालक सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय जिवन घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण