अपडेट : एमालेको बहिष्कारले रोकिएको विराटनगर १२ को मतगणना पुनः सुरु
बिहीबार, ०५ जेठ २०७९, ०९ : २२
विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानुन अनुसार हस्ताक्षर नभएको मतपत्र रद्द हुने बताएपछि एमाले पछि सरेको हो ।
विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्रेसको रुखमा र ३ वटा जसपाको छातामा मत परेको थियो । वडामा जसपाको अग्रता छ । विराटनगरका ३, ४, ५, ६, ८, ९ र ११ नम्बर वडाको भने मतगणना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)
-
‘फरेन एजेन्ट विधेयक’ को विरोधमा सडकमा उत्रिए हजारौँ जर्जियाली
-
राष्ट्रिय सङ्गीतकर्मी सङ्घको अध्यक्षमा कटवाल
-
विकल पौडेललाई १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति
-
बजार महँगी घट्यो, हिमाली क्षेत्रको मुद्रास्फीति ४.३२ प्रतिशत !
-
उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक