राष्ट्रिय सङ्गीतकर्मी सङ्घको अध्यक्षमा कटवाल
काठमाडौँ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घको वार्षिक साधारण सभा शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । १८ औँ वार्षिक साधारण सभाबाट गायक प्रकाश कटवाल अध्यक्ष चयन भएका छन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती र उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन) निर्वाचित भएका छन् । यसैगरी कार्यसमितिको महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मान बहादुर तामाङ र रवीन्द्र रिमाल चयन हुँदा सचिवमा दिनेश डाँगी, शोभा थापा, आशा लामा र रूपक परियार निर्वाचित भएका छन् ।
यस्तै स्मृति गौतम सहसचिव, सविन चौहान प्रवक्ता, विन्द गौतम कोषाध्यक्षमा र सह कोषाध्यक्षमा टीका सानु निर्वाचित भएका छन् । यसै गरी केन्द्रीय सदस्यहरूमा नवराज भट्टराई, कुल बहादुर वली, दिनेश भण्डारी, नक्कुल प्रसाद गौतम, प्रदीप रोक्का, अशोक सापकोटा, रुपेश पुडासैनी, ऐन बहादुर दौड्याल, दिलु बिसी, ढक बहादुर खत्री,उमेश शिवाकोटी, दिल बहादुर भण्डारी, यज्ञ कुमारी रुचाल, शंकर ढकाल, सुमि श्रेष्ठ , निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको उपमहासचिव, सचिव र सहसचिवमा मतदान हुँदा अन्य पदमा निर्विरोध कार्यसमिति चयन गरिएको हो । निर्वाचित पदाधिकारीहरूलाई आइतबार निर्वाचन समितिले पद तथा गोपनीयताको शपथ गराएको छ ।
पद तथा गोपनीयताको शपथ लिएसँगै अध्यक्ष कटवालले संस्थामा सबैलाई मिलाएर अगाडि बढाइने जनाउँदै कल्याण संस्थाको आफ्नो भवन बनाउने र कलाकार कल्याणकारी कोष बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि उद्घाटन समारोहमा पत्रकार एवम् सङ्घका सल्लाहकार रामजी बगाले, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रिता थापामगर, सोही प्रतिष्ठानका पूर्व अध्यक्षहरू बद्री पङ्गेनी, चन्द्र शर्मा, उपाध्यक्ष राधिका हमाल,राष्ट्रिय लोक दोहोरी व्यवसायी सङ्घका अध्यक्ष विनोद श्रेष्ठ, लोक सञ्चारकर्मी सङ्घका अध्यक्ष चन्द्रमणि गौतम, इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा लोक गायक कृष्ण कँडेललगायतको आतिथ्यता थियो ।
समारोहमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका महासचिव अमृत खातीले कार्यक्रमबारे प्रकाश पार्दै यो सङ्घमा गायक गायिका, नृत्यकार, मोडल, चलचित्रकर्मी जस्ता विविध पेसाका कलाहरू आबद्ध रहेको बताए ।
यस्तै प्रमुख अतिथि तथा वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाले नेपाली गीतसंगीत तथा कलाको क्षेत्रमा राष्ट्रिय सङ्गीतकर्मी सङ्घका तर्फबाट कलाकाहरुले निकै ठुलो योगदान पुर्याएको बताए । कलाकारहरूको एकता र हकहितका लागि यो संस्थाले गरेको काम प्रशंसनीय भएको बास्कोटाले बताए ।
यस्तै बगालेले सङ्घको १८ औँ वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरे । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले यो अधिवेशनले कलाकारहरू जुटेर अघि बढ्न सक्छन् भन्ने सन्देश दिने विश्वास व्यक्त गरिन् ।
यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्षहरू बद्री पङ्गेनी र चन्द्र शर्माले पनि सङ्घको १८ औँ वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण