‘फरेन एजेन्ट विधेयक’ को विरोधमा सडकमा उत्रिए हजारौँ जर्जियाली
आइतबार, ३० वैशाख २०८१, १४ : १३

तिब्लिसी । जर्जियाको राजधानी तिब्लिसीमा सरकारी विधेयकको विरोधमा हजारौँ मानिस सडकमा उत्रिएका छन् । सरकारले ल्याएको विदेशी एजेन्ट विधेयकलाई प्रदर्शनकारीहरूले ‘रुसी कानुन’ जस्तै भनेका छन् । यस ऐनमार्फत सामाजिक सङ्घ–संस्था र स्वतन्त्र सञ्चारमाध्यमबाट प्राप्त विदेशी चन्दालाई निशाना बनाउन खोजिएको छ ।
आन्दोलनमा गैरसरकारी संस्थाका कार्यकर्ता, समाजसेवी र विपक्षी दलका कार्यकर्ता सहभागी थिए । विपक्षी दलहरूले यो विधेयकलाई रुसको कानुनसँग तुलना गरेका छन् ।
रुसमा पनि सन् २०१२ मा यस्तै खालको विधेयक ल्याइएको थियो । सरकारले यो विधेयकमार्फत असहमति जनाउने आवाजलाई दबाउन खोजेको आरोप विपक्षी दलहरूको छ । अमेरिकाले यो विधेयकलाई अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानाको रेडपाण्डा चोर्न खोजेको आरोपमा दुई जना पक्राउ
-
कमलादीको दीप प्रज्वलनमा हिमानीदेखि हृदयेन्द्रसम्म (तस्बिरहरू)
-
नेपालसामु जितका लागि २ सय ९७ रनको लक्ष्य
-
निजामती विधेयकमा कर्मचारी संगठनहरूको विरोध, भाेलि संसद् गेट अगाडि धर्ना दिने
-
सशस्त्र प्रहरीका झन्डै २ हजार कर्मचारीको बढुवा हुँदै
-
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल