‘फरेन एजेन्ट विधेयक’ को विरोधमा सडकमा उत्रिए हजारौँ जर्जियाली
आइतबार, ३० वैशाख २०८१, १४ : १३
तिब्लिसी । जर्जियाको राजधानी तिब्लिसीमा सरकारी विधेयकको विरोधमा हजारौँ मानिस सडकमा उत्रिएका छन् । सरकारले ल्याएको विदेशी एजेन्ट विधेयकलाई प्रदर्शनकारीहरूले ‘रुसी कानुन’ जस्तै भनेका छन् । यस ऐनमार्फत सामाजिक सङ्घ–संस्था र स्वतन्त्र सञ्चारमाध्यमबाट प्राप्त विदेशी चन्दालाई निशाना बनाउन खोजिएको छ ।
आन्दोलनमा गैरसरकारी संस्थाका कार्यकर्ता, समाजसेवी र विपक्षी दलका कार्यकर्ता सहभागी थिए । विपक्षी दलहरूले यो विधेयकलाई रुसको कानुनसँग तुलना गरेका छन् ।
रुसमा पनि सन् २०१२ मा यस्तै खालको विधेयक ल्याइएको थियो । सरकारले यो विधेयकमार्फत असहमति जनाउने आवाजलाई दबाउन खोजेको आरोप विपक्षी दलहरूको छ । अमेरिकाले यो विधेयकलाई अभिव्यक्ति स्वतन्त्रताका लागि खतरा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण