अदालत
विकल पौडेललाई १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति
आइतबार, ३० वैशाख २०८१, १४ : ०५
काठमाडौँ । विशेष अदालत काठमाडौँले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ।
विशेषले आइतबार गैर कानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि उक्त म्याद दिएको हो । उनी अब थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन् । उनी विरुद्ध एउटा मुद्दा विशेष अदालतमै विचाराधीन छ भने दोस्रो मुद्दाको तयारी अन्तिम चरणमा अख्तियार रहेको छ।
यसअघि नै अख्तियारले उनी विरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण