शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरमा  २५ हजार मत गन्न बाँकी, कोइराला साढे ५ हजार मतले अगाडि

बिहीबार, ०५ जेठ २०७९, २० : २५
बिहीबार, ०५ जेठ २०७९

विराटनगर महानगरपालिकामा अब २५ हजार ३ सय ९८ मत गन्न बाँकी हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका नागेश कोइराला ५ हजार ५ सय ४१ मतले अगाडि बढेका छन् । अहिलेसम्ममा विराटनगरमा खसेको मत ८९ हजार ६ सय ७८ मतमध्ये ६४ हजार २ सय ८० मत गणना भएको हो ।

विराटनगरमा १ लाख ३३ हजार १ सय ४२ मतदाता थिए । गणना भएको मतमध्ये काँग्रेसका कोइरालालाई २० हजार ९ सय ७५ मत परेको छ । यस्तै नेकपा एमालेका सागर कुमार थापालाई १५ हजार ४ सय ३४ मत रहेको छ ।  जसपाबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ६ हजार ४ सय ७७ मत प्राप्त गरेका छन् । राप्रपाका प्रलाद साहले भने ४ हजार १७ मत प्राप्त गरेका छन् । 

उपप्रमुखमा भने एमालेकी शिल्पा पोख्रेलले १७ हजार ८ सय ७९ सहित अग्रता कायम गरिरहेकी छन् । गठबन्धनतर्फका जसपाका अमरेन्द्र यादवले १० हजार ३ सय ९४ मत पाउँदा राप्रपाकी बिन्दा कुमारी लुइटेलले भने ४ हजार ८ सय ६६ मतसहित तेस्रो स्थान सुरक्षित गरेकी छन् । यस्तै माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी नमिता न्यौपानेले ३ हजार ७ सय ८९ मत प्राप्त गरेकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप