वीरगन्ज महानगरका पूर्वमेयर सरावगीद्वारा एमालेबाट राजीनामा
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीले एमालेबाट राजीनामा दिएका छन् । महानगरका प्रथम मेयर सरावगीले एमाले प्रवेश गरेको तीन वर्षमै राजीनामा दिएका हुन् ।
पार्टीभित्र आफ्नो मूल्याङ्कन नभएको भन्दै पूर्व मेयर सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा एक पत्र लेख्दै राजीनामा बुझाएका हुन् ।
०७८ सालदेखि नेकपा एमालेमा सक्रिय राजनीतिमा लागेको सरावगीले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताए ।
उनले राजीनामा पत्रमा लेखेका छन्, ‘बितेको ०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएकोमा पार्टी र पार्टीका अध्यक्षप्रति सधैँ ऋणी रहनेछु, त्यसपछि पार्टीले केन्द्रीय सल्लाहकारमा मनोनीत भएँ । त्यसको लागि पनि आभारी छु ।
तर केन्द्रीय सल्लाहकारमा पार्टी दिएको भूमिकाले राजनीतिमा सक्रिय भन्दा पनि निष्क्रिय बनाएको उनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय राजनीतिमा हराएको छु, मेरो मूल्याङ्कन सही ढङ्गले भएन । त्यस कारण अब पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको हुँ ।’
पूर्व मेयर सरावगी २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकामा प्रथम पटक मेयरमा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो पटक भएको स्थानीय तहको चुनावमा उनी एमालेबाट मेयरका उम्मेदवार बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण