एमाले कपिलवस्तुको अध्यक्षमा खनाल विजयी
शुक्रबार, २८ वैशाख २०८१, २१ : २३

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा बहालवाला अध्यक्ष डम्बर शर्मालाई हराउँदै बाबुराम खनाल विजयी भएका छन् ।आज भएको मतदानमा खनालले २७८ मत ल्याएका छन् भने शर्माले २५३ मत ल्याएका छन्। शर्मा कपिलवस्तु एमालेको बहालवाला अध्यक्ष हुन्।
उपाध्यक्षमा शङ्कर पाण्डेले ३१२ मत ल्याएर भेषराज पाण्डेलाई पराजित गरेका छन्। भेषराजले २०१ मत ल्याएका छन्। सचिवमा सीबी गहतराज पनि विजयी भएका छन् । उनले विश्व कार्कीलाई पराजित गरेका छन्।
गहतराजले ३०४ मत ल्याएका छन् भने कार्कीले २१२ मत ल्याएका छन्। उपसचिवमा देवीलाल पोख्रेलले जित हासिल गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेको एमाले जिल्ला अधिवेशनमा दुवै पक्षबिच सहमति नजुटेपछि आज मतदान भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डलरमा कमिसनको खेल हुने देशमा माफियाहरूले मल कारखाना स्थापना हुन दिँदैनन्’
-
बारा पुगेर माधव नेपालले भनेका थिए – सरकारले बुद्धि पुर्याओस्, भ्रष्टाचार नियन्त्रण गरोस्
-
मधेस सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै
-
कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
-
सहमतिको नाममा वाईसीएलको बन्दसत्र बन्धक, निर्वाचन कार्यतालिका प्रभावित
-
इतिहासमै पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा, झलनाथले भने– धेरै दुःखद घटना