टी–२० विश्वकपअघि यस्तो छ अमेरिकामा नेपाली टोलीको कार्यतालिका
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । उक्त विश्वकपमा सहभागी हुन नेपाली टोली अमेरिका पुगिसकेको छ ।
घरेलु मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पाँचवटा टी–२० खेलको शृङ्खलामा सहभागिता जनाएर नेपाली टोली अमेरिका पुगेको हो । वेस्ट इन्डिज ‘ए’विरुद्धको टी–२० शृङ्खलामा नेपाली टोली ३–२ ले पराजित भएको थियो ।
नेपाली टोली हाल अमेरिकाको फ्लोरिडामा रहेको छ । नेपाली टोलीले फ्लोरिडामै नियमित अभ्यास गरिरहेको छ । मे १२ तारिखमा नेपाली टोली अभ्यास खेलका लागि फ्लोरिडाबाट क्यारेबियन राष्ट्र सेन्ट भिनसेन्ट प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली टोलीले १३ तारिखमा सेन्ट भिनसेन्टमा नियमित अभ्यास गर्नेछ । त्यसपछि नेपाली टोलीले सेन्ट भिनसेन्टमा मैत्रीपूर्ण खेल खेल्नेछ । सेन्ट भिनसेन्टमा नेपाली टोलीले सेन्ट भिनसेन्ट र विन्डवार्ड आइल्यान्डको संयुक्त टोलीसँग मैत्रीपूर्ण टी–२० खेल खेल्न लागेको हो ।
नेपालले सेन्ट भिनसेन्ट र विन्डवार्ड आइल्यान्डको संयुक्त टोलीसँग पहिलो अभ्यास खेल मे १४ तारिखमा खेल्नेछ । मे १५ तारिखमा नेपाली टोलीले नियमित अभ्यासमात्र गर्नेछ । त्यसपछि मे १६ तारिखमा दोस्रो अभ्यास खेल खेलिने छ ।
यसैगरी मे १७ तारिखमा नेपाली टोलीले नियमित अभ्यास मात्र गर्नेछ । मे १८ तारिखमा नेपालले तेस्रो अभ्यास खेल खेल्नेछ । तेस्रो अभ्यास खेल खेलेपछि नेपाली टोली मे १९ तारिखमा अमेरिकाको हस्टन फर्कने कार्यक्रम रहेको छ ।
नेपाली टोली मे २० तारिखमा अमेरिकाको हस्टन पुग्नेछ । मे २१ तारिखमा नेपाली टोलीले हस्टनमा नियमित अभ्यास गर्ने कार्यक्रम रहेको छ । मे २२ तारिखमा नेपाली टोलीले हस्टन हरिकेनसँग पहिलो अभ्यास खेल खेल्नेछ ।
त्यसपछि मे २३ र २४ तारिखमा नेपाली टोलीले हस्टनमै नियमित अभ्यास गर्नेछ । मे २५ तारिखदेखि भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले निर्धारण गरे अनुसार, विश्वकपको औपचारिक अभ्यास खेल सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण