मोरङका १७ वटै पालिका प्रमुख तथा अध्यक्षले लिए शपथ (फोटोफिचर)
मोरङका १७ वटै स्थानीय पालिकाका नवनिर्वाचित प्रमुखहरुले आज शपथ ग्रहण गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरूलाई मुख्य निर्वाचन अधिकृत तथा मोरङ अदालतका मुख्य न्यायाधीश भरत लम्सालले विराटनगर महानगरपालिकाको सभा हलमा शपथ ग्रहण गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृत लम्सालले निर्वाचित नगर प्रमुखहरुलाई ईश्वर, देश र जनताको नाममा शपथ खुवाएका हुन् । शपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत लम्सालले निर्वाचित जनप्रतिनिधिले सामाजिक न्यायको सिद्धान्त भित्र रहेर काम गर्न आग्रह गरे ।
निर्वाचनमा मत विभाजन भएपनि निर्वाचित जनप्रतिनिधि आफ्नो पालिकामा विभाजन नभएर जनतालाई न्यायगत ढङ्गले सेवा प्रवाह गर्न लम्सालले सुझाव दिएका छन् । सबैको साथ सहयोगले निर्वाचन सफल भएको उनले बताए । यसमा साथ सहयोग पुर्याउनुपर्ने सबैलाई धन्यवाद पनि उनले दिए ।
शपथग्रहण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले पनि जनताको आवश्यकताका आधारमा स्थानीय सरकार र जनप्रतिनिधि हिँड्नुपर्ने बताएका छन् । उनले जनताको मन जित्ने गरि कार्यसम्पादन गरिनुपर्ने बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले अहिले ठुलो संख्यामा मत बदर भएकोले मतदाता शिक्षा दिनुपर्ने बताए । पाटीभन्दा माथि उठेर विकासको काममा जनप्रतिनिधिहरु लागिपर्ने उनले बताए । कानेपोखरी गाउँपालिकाकी नवनिर्वाचित अध्यक्ष राजमति इङनामले जिल्लामा आफु एक्लै महिलाले प्रमुख भएपनि राम्रो गाउँपालिका चलाउने बताइन् । उनले जनताको मन जित्ने गरि सेवा प्रवाह गरिने बताइन् ।
आज शपथ लिएका पालिका प्रमुख तथा अध्यक्षहरूले आ–आफ्नो पालिकाको उपप्रमुख, वडा अध्यक्षहरू र वडा सदस्यहरूलाई शपथ ग्रहण गराउने कानुनी ब्यवस्था छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५५ बमोजिम ५ वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले आजै जिम्मेवारी समेत सम्हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपामा थप चर्कियो विवाद, संसदीय दलको नेता दुई जना !
-
इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह
-
सहकारी समस्या समाधानमा सरकारी पहलदेखि बजेट अधिवेशन आह्वानसम्म
-
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामा पठाउन आदेश
-
सुदूरपश्चिमाअञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्त
-
पूर्वमन्त्री सुदन किराती भोजपुरमा बाँदर धपाउने अभियानमा व्यस्त