शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री सुदन किराती भोजपुरमा बाँदर धपाउने अभियानमा व्यस्त

बिहीबार, २० वैशाख २०८१, २२ : ०६
बिहीबार, २० वैशाख २०८१

भोजपुर ।  पछिल्ला केही वर्षयता बाँदर आतंकका कारण पहाडी जिल्लाका ग्रामीण बस्ती बसाई सराइले रित्तिँदै  गएको छ । बन जङ्गल छाडेर घर करेसामा बाँदरका हुल आउन थालेपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गत वर्ष मात्रै ८१ घर परिवारले आफ्नो थाकथलो छाडेका थिए ।

 यो वर्ष मात्रै पनि २० घर परिवारले गाउँ छाडेर मधेसमा बसाई सरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माणले बताए । त्यस्तै आमचोक गाउँपालिकामा समेत बाँदरको पिडा सहन नसकेर धेरै स्थानीय बसाई सर्न बाध्य भएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । यी दुई गाउँपालिकामा मात्रै हैन सिङ्गो भोजपुर जिल्ला नै यतिबेला बाँदर आतङ्कले प्रताडित बनेका छन् । बाँदर नियन्त्रण नगर्ने हो भने अर्को निर्वाचन सम्म मतदाता नै गाउँमा नहुने पौवादुङमा गाउँपालिका ४ सानोदुङ्माका स्थानीय मौसम राईले बताएका छन् । बाँदरले किसानले बर्सभरि दुख गरेर लगाएको अन्न बाली खाने मात्रै नगरेर नष्ट गर्न थालेपछि हैरानी खेप्नु परेको छ ।

बाँदर धपाउन पूर्व मन्त्री किरातीको अभियान

 यता बाँदर आतंक खप्न नसकेर जनताले बर्षौँदेखिको आफ्नो थाकथलो नै छाड्न थाले पछि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती भने अहिले बाँदर धपाउने अभियानमा छन् । भोजपुर जिल्लाको सङ्घीय सांसद समेत रहेका किरातीले बिहीबारबाट भोजपुरको रामप्रसादराई गाउँपालिका २ भुल्केमा बाँदर धपाउने अभियान नै चलाएका हुन् । अघिल्लो पटक सङ्घीय सांसद रहँदा संसदमा बाँदर आतङ्क नियन्त्रणबारे  आवाज उठाउँदा किराती ट्रोल समेत बन्नुपरेको थियो । तर बाँदर आतङ्क दिनानुदिन बढ्दै गएपछि अहिले भने धपाउनका लागि अभियान नै चलाइरहेका छन् । 

किरातीले भने “ पहिले बाँदर जङ्गलमा बस्थ्यो तर अहिले घुरेनमा नै बस्न थालेको छ । बाँदर आतङ्कले गाउँनै रित्तिने स्थिति आएपछि बाँदरलाई धपाएर उनकै ठाउँ अर्थात् घना जङ्गलसम्म पुराउने अभियानमा हामी छौँ ।' किरातीले  पछिल्लो समय बाँदर आतङ्कले मानिसहरू पहाडबाट बर्सेनि बसाई सर्ने क्रम बढेको बताए ।   उनले भने, 'आफ्नो मतादातालाई बाँदर आतङ्कले प्रताडित गरेकोले म जनप्रतिनिधिले मूकदर्शक भएर बस्न सकिनँ ।  त्यही भएर बाँदरलाई उसकै थाकथलो अर्थात् घना जङ्गलतर्फ फर्काउन म आफै अभियानमा छु ।' किरातीको अभियानमा रामप्रसाद राई गाउँपालिका वडा १ ओख्रे वडा नं २ धोद्लेखानी वडा नं ३ भुल्के र वडा नं ४ दलगाउँका स्थानीयले साथ दिएका छन् । पूर्व मन्त्री नै बाँदर धपाउने अभियानको कमाण्डार रहेकोले जनताको उत्साहजनक उपस्थिति रहेको रामप्रसादराई गाउँपालिका २ का स्थानीय डिकमान राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप