शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ३ मतले चुनाव हारेका  एमाले उम्मेदवार थापाले हाले मुद्दा

बिहीबार, १९ जेठ २०७९, १६ : ३१
बिहीबार, १९ जेठ २०७९

पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।

उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् । 

यो वडामा नेपाली काँग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ । 

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुनस् गणनाको माग सहित निवेदन दिएका थिए । तर पुनः गणना हुन सकेन । `हारजित स्वभाविक हाे । लाेकतन्त्रमा निर्णय मान्नुपर्छ,´ उनले भने, `तर खसेकाे मत त देखाउनुपर्याे नि । खसेका ९ मतकाे जवाफ चाहियाे । उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाका माग राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप