शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ कसरी जोगिए ?

सोमबार, २० असार २०७९, २२ : ११
सोमबार, २० असार २०७९

जनता समाजवादी पार्टी (जसपा) बाट भएका चारजना मन्त्रीमध्ये तीन जनाले राजीनामा दिएका छन् । तर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले राजीनामा दिएनन् । उनी सामान्य प्रशासन मन्त्री कायम हुने भएका छन् । श्रेष्ठ कुनै समय वरिष्ठ नेता अशोक राई पक्षका नेताको रुपमा चिनिन्थे । तर, पछिल्लो समय श्रेष्ठ अध्यक्ष उपेन्द्र यादव निकट नेता भएकाले मन्त्री पद जोगिएको जसपा एक नेताले बताए ।

जसपामा पहाडी मुलको अर्को सांसद नभएकाले पनि श्रेष्ठको पद जोगिएको हुन सक्ने ती नेताको आकलन छ । पार्टीबाट समानुपातिक बनाउनुपर्छ भनेरै अध्यक्ष यादवले श्रेष्ठलाई यथावत राखेको हुनसक्ने बताइएको छ ।

उता अध्यक्ष यादवले वरिष्ठ नेता अशोक राईकी श्रीमतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । अन्तमा गैर सांसदलाई मन्त्री बनाउन नहुने भन्दै पार्टीमा विरोध भएपछि रोकिएको छ । यदि राईकी श्रीमती सुशीला श्रेष्ठ मन्त्री भएको अवस्थामा राजेन्द्र श्रेष्ठले समेत राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने नेताको भनाई छ ।

अन्तमा राईकी श्रीमती मन्त्री नभएपछि मन्त्री श्रेष्ठको पद जोगिएको छ ।  श्रेष्ठको पद यथावत भएपछि कृषिमन्त्री महेन्द्र राय यादव, भौतिक मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप