बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बाबुरामको पक्षमा २३० जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको दाबी

निर्वाचन आयोगमा बुझाउने तयारी
मङ्गलबार, २८ असार २०७९, १४ : २७
मङ्गलबार, २८ असार २०७९

जनता समाजवादी पार्टी नेपालका २३० जना केन्द्रीय सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको डा बाबुराम भट्टराई पक्षले जानकारी दिएको छ । आज बिहान बसेको बैठकमा २३० जनाले हस्ताक्षर गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताएका हुन् । २३० जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको उनले बताए । 

‘तर केन्द्रीय समिति बैठकमा १०६ जना केन्द्रीय सदस्यले मात्र रजिस्ट्रेसन गराएका छन् नि,’ भन्ने प्रश्नमा उनले बैठकमा आएका धेरैले रजिस्ट्रेसन नगरेको र अहिलेसम्म आफूले पनि नगरेको बताए । पार्टीमा केन्द्रीय सदस्यको कूल सङ्ख्या ४९९ रहेका छन् । उनले २३ जना सांसदमध्ये १० जना आफूहरूको पक्षमा रहेको पनि बताए।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप