प्रदेशसभामा ज्ञानबहादुरले राखे तामाङ भाषामा मन्तव्य
हेटौँडा । बागमती प्रदेशसभा सदस्य ज्ञानबहादुर तामाङले प्रदेशसभा बैठकमा मातृ (तामाङ) भाषामा आफ्नो भनाई राखेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा सांसद तामाङले प्रदेश सरकारको कामकाजी भाषा ऐन २०८० कार्यान्वयनको काम गर्दै संसद्मा तामाङ भाषामा भनाई राखेका हुन् ।
उनले ऐनको सफल कार्यान्वयन गर्न सरकारलाई दबाब दिन तामाङ भाषामा बोल्नु परेको बताए । तामाङ भाषामा आफ्ना भनाई राख्दै सांसद तामाङले संसद् सहित सरकारी संरचनामा भाषा अनुवादक नियुक्त गर्न माग गरेका छन् ।
‘सरकारी भाषा एक वर्ष अघि पारित गरियो । तर, कार्यान्वयनमा आउन सकेन । त्यसको विरोधको रूपमा म तामाङ भाषामा बोल्दैछु । तपाईंहरुले बुझ्नु भयो या भएन मलाई थाहा भएन । म सत्तापक्षको सांसद भएर नि सरकारको विरोधमा उत्रिएर तामाङ भाषामा बोल्दैछु’ उनले भने, ‘पहिचान सहितको सङ्घीयतामा हामीले पारित गरेको कानुन कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छ । ११९ वटा पालिका र वडाहरू तथा सरकारी संरचनामा भाषा अनुवादक नियुक्त गरेर ऐन कार्यान्वयन गर्नुपर्छ ।’
सरकारले नीति तथा कार्यक्रम जनता लक्षित गरेर ल्याउन जरुरी रहेको सांसद तामाङको भनाई छ । उनका अनुसार हालसम्म प्रदेशमा २१ प्रतिशत मन्त्रीहरू बने पनि तामाङ समुदाय खासै अघि बढ्न नसकेको टिप्पणी गरे ।
प्रदेशको १३ जिल्लामा अधिकांश ठाउँमा तामाङ बस्ती रहेको छ र ती समुदाय आगलागी तथा विपद्को जोखिममा रहेको उनले बताए । तामाङ नेकपा एमालेका सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण