शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा-१ मा मातृका यादव विजयी

मङ्गलबार, २६ मङ्सिर २०७४, ०८ : १६
मङ्गलबार, २६ मङ्सिर २०७४

धनुषा - प्रतिनिधिसभा क्षेत्र नम्बर – १ मा  वामगठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मातृका यादव विजयी भएका छन् ।

राजपा फोरम गठबन्धन र कांग्रेस राप्रपा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै यादव विजयी भएका हुन् ।

यादवले २६ हजार ४१८ मत ल्याएर विजयी भएका हुन् । राजपा फोरमका उम्मेदवार दिपक कार्कीले १७ हजार २९६ मत ल्याए ।

त्यसैगरी नेपाली कांग्रेस राप्रपा गठबन्धनका उम्मेदवार आनन्द प्रसाद ढुङ्गानाले १५ हजार ६७९ मत प्राप्त गरे ।

विजयी यादवले प्रतिस्पर्धी राजपा फोरमका उम्मेदवार दिपक कार्कीलाई ९ हजार १२२ मतले पछि पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप