शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँची प्रदेशसभा सदस्यमा चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे विजयी

मङ्गलबार, २६ मङ्सिर २०७४, ०९ : ०८
मङ्गलबार, २६ मङ्सिर २०७४

अर्घाखाँची - प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा एमालेका चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गरेका छन् । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले जितेका छन् । 

प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजीप्रसाद घिमिरेले २६ हजार १५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप