शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँची जिल्ला, वाम गठबन्धनको ‘किल्ला’

मङ्गलबार, २६ मङ्सिर २०७४, १० : ३८
मङ्गलबार, २६ मङ्सिर २०७४

बिष्णु कुमार आले 
 

अर्घाखाँची–अर्घाखाँचीमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधीसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि २ सिट रहेको अर्घाखाँचीमा सबै सिटमा वाम गठबन्धन विजयी भएको हो । 

प्रतिनिधी सभाका लागि अर्घाखाँचीमा वाम गठबन्धनबाट माओबादी केन्द्रका टोप बहादुर रायमाझीले ५० हजार ८ सय ३७ मत ल्याएर नेपाली काग्रेसका डा. राम बहादुर बिसीलाई १८ हजार २ सय ९३ मतको अन्तरमा पराजित गरेका छन् । 

प्रतिस्पर्धी डा. राम बहादुर बिसीले ३२ हजार ५ सय ४४ मत प्राप्त गरि पराजय भए । यस्तै प्रदेश सभा सदस्यका लागी क्षेत्र नं १ बाट गठबन्धनबाटै एमालेका जिल्ला पार्टी अध्यक्ष समेत रहेका चेतनारायण आचार्यले नेपाली काग्रेसका जिल्ला पार्टी सभापती समेत रहेका बिष्णु प्रसाद खनाल मुस्कानलाई १० हजार ६ सय १६ को फराकिलो मतान्तरमा पराजित गरेका छन् । 

आचार्यले २४ हजार ७ सय ५१ मत ल्याए भने  खनालले १४ हजार १ सय ३५ मत प्राप्त गरि पराजय भए । त्यस्तै प्रदेश सभा सदस्यका लागी क्षेत्र नं २ मा पनि पुर्व पार्टी जिल्ला अध्यक्ष समेत रहेका एमालेकै रामजी प्रसाद घिमिरेले २६ हजार १ सय ५९ मत ल्याएर काग्रेसका हिम्मत बहादुर टण्डनलाई पराजित गरे । टण्डनले १७ हजार २ सय ३३ मत प्राप्त गरि पराजय भए । 

घिमिरेले टण्डनलाई ८ हजार ९ सय २६ को फराकिलो मतान्तरमा पराजित गरेका छन् । 

एक प्रतिनिधि सभा दुई प्रदेश सभाका सबै सिटमा वाम गठबन्धनले जित हात पारेको छ । अहिले समानुपातिक तर्फको मतगणनामा पनि वाम गठबन्धनकै अग्रता देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप