शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनमतको कदर गर्छु, कञ्चनपुको विकासमा पछि पर्दैन : रमेश लेखक

मङ्गलबार, २६ मङ्सिर २०७४, ११ : २४
मङ्गलबार, २६ मङ्सिर २०७४

कञ्चनपुर-कञ्चनपुर ३ बाट वामगठबन्धनका उम्मेदवार दिपक प्रकाश भट्टसँग पराजित काँग्रेस नेता रमेश लेखकले मत परिणामलाई स्वीकार्दै कञ्चनपुको विकासमा लागि आफू पछि नपर्ने बताएका छन् ।
मंगलबार सम्पन्न मत गणनाको परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता लेखकले आफू पराजित भएपनि कञ्चनपुको विकासमा लागिरहने प्रबिद्धता जनाए । 
‘लोकतान्त्रिक पद्धतिमा हारजित स्वाभाविक कुरा हो, उनले भने ‘जनताले दिएको मतको कदर गर्छु ।  म पराजित भएपनि कञ्चनपुको विकासमा लाग्ने प्रबिद्धता गर्दछु ।’ 
काँग्रेस सरकारमा हुँदा आफ्नो पहलमा जिल्लामा विकासका काम भएपनि जनता सामु गरेका कामको जानकारी गराउन नसक्नु कमजोरी रहेको प्रतिक्रिया दिए । 
नेता लेखकले निर्वाचित गराउन मतदान गर्ने मतदाता, चुनाव प्रचारमा खटिन नेता कार्यकर्ता, पत्रकार, लोकतन्त्रका पक्षधर लगायत चुनावमा समर्थन र मतदान गरेर सघाउने सबैलाई धन्यवाद दिए । 
वामका उम्मेदवार भट्टले काँग्रेसका प्रभाशाली नेता रमेश लेखकलाई २५८ मतको अन्तरले हराउदै निर्वाचित भएका छन् । भट्टले २६ हजार ३६४ र लेखकले २६ हजार १०६ मत ल्याएका छन् ।
काँग्रेसका उम्मेदवार लेखक सोही निर्वाचन क्षेत्रबाट विस २०५६ र २०७० मा समेत निर्वाचित भएका थिए । विजयी भट्ट  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट पहिलो पटक निर्वाचन लडेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप