शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा बामको क्लिनस्वीप

मङ्गलबार, २६ मङ्सिर २०७४, ११ : ३०
मङ्गलबार, २६ मङ्सिर २०७४

कञ्चनपुर -कञ्चनपुरको प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्र र प्रदेशसभाका छवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेकपा ९माओवादी केन्द्र०का बिना मगर ३८ हजार ४६४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिवानसिंह बिष्टले १९ हजार २१९ मत ल्याउनुभयो । 

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ९क० मा एमालेका तारालामा तामाङले २० हजार १५ मत प्राप्त गरी ल्याई विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका गोपाल गुरुङले नौ हजार २९० मत प्राप्त गर्नुभयो । 

प्रदेशसभा ९ख० सदस्यमा एमालेका कुलवीर चौधरीले १६ हजार १५८ मत प्राप्त गरी विजयी हुुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामलाल रानाले १० हजार २२३ मत प्राप्त गर्नुभएको थियो । 

निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा एमालेका नरबहादुर धामीले ३३ हजार २२० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका नारायणप्रकाश साउदले २४ हजार ८९३ मत प्राप्त गर्नुभएको थियो । 

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ९क० मा माओवादी केन्द्रका महेशदत्त जोशीले १७ हजार ६७२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्करराज ओझाले १२ हजार ४६२ मत प्राप्त गर्नुभएको थियो । प्रदेश सभा९ख० मा एमालेका लालबहादुर खड्काले १६ हजार ३८५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बहादुरसिंह थापाले ११ हजार ८५१ मत ल्याउनुभयो । 

निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यमा एमालेका डा दीपकप्रकाश भट्ट २६ हजार ३६४ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेश लेखकले २६ हजार १०६ मत प्राप्त गर्नुभएको थियो । 

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्य ९क०मा एमालेका प्रकाश रावलले १२ हजार ८१७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गर्नुभएको थियो । 

प्रदेश सभा ९ख०मा माओवादी केन्द्रका मानबहादुर सुनारले १३ हजार ७०० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेलबहादुर राना मगरले १३ हजार ५३९ मत प्राप्त गर्नुभएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप