शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुर-समानुपातिकमा एमाले अगाडि

मङ्गलबार, २६ मङ्सिर २०७४, १२ : ०६
मङ्गलबार, २६ मङ्सिर २०७४

भोजपुर-समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार नेकपा९एमाले०ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । 
प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७१० र माओवादी केन्द्रले ११ हजार १५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनाएको छ । प्रतिनिधिसभामा कुल ६५ हजार ९०८ मत खसे पनि नौ हजार १५ मत बदर भएको थियो । 


प्रदेशसभा ९क० मा एमालेले १२ हजार १९१, काँग्रेसले सात हजार ९६० मत र माओवादी केन्द्रले चार हजार ९३७ मत ल्याएको छ । प्रदेशसभा ९ख० मा भने एमालेले ११ हजार ३३१, काँग्रेसले पाँच हजार ५४४ र माओवादी केन्द्रले छ हजार ९३ मत ल्याएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप