शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा एसपी तिमिल्सीना जान मानेनन्, गोविन्द काफ्लेको काज सरुवा

शनिबार, २२ वैशाख २०८१, ०८ : ४५
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एसपी गोविन्दराज काफ्ले जाने भएका छन् । यसअघि प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत एसपी अर्जुन प्रसाद तिमिल्सीनालाई पठाउने निर्णय गरिएको थियो । तर, उनले त्यहाँ जान अनिच्छा देखाएपछि काफ्लेलाई पठाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिन्धुलीमा काफ्लेको काज सरुवा गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यरत काफ्लेलाई प्रतिष्ठानका डीआईजी उमेश राज जोशीले शुक्रवार बिदाइ गरेका छन् ।

यसअघि सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि त्यहाँ पद रिक्त थियो । वैशाख १० मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार शर्मालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो ।

२०८० फागुन २ मा सिन्धुलीमा सरुवा भएका शर्मा दुई महिनामा नै सरुवा भएका हुन् । यसअघि पनि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले बारा, सर्लाही, धनुषा, रौतहट र बाँकेका एसपीलाई अवधि नपुग्दै हटाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप