सिन्धुलीमा एसपी तिमिल्सीना जान मानेनन्, गोविन्द काफ्लेको काज सरुवा
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एसपी गोविन्दराज काफ्ले जाने भएका छन् । यसअघि प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत एसपी अर्जुन प्रसाद तिमिल्सीनालाई पठाउने निर्णय गरिएको थियो । तर, उनले त्यहाँ जान अनिच्छा देखाएपछि काफ्लेलाई पठाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले सिन्धुलीमा काफ्लेको काज सरुवा गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यरत काफ्लेलाई प्रतिष्ठानका डीआईजी उमेश राज जोशीले शुक्रवार बिदाइ गरेका छन् ।
यसअघि सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि त्यहाँ पद रिक्त थियो । वैशाख १० मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार शर्मालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो ।
२०८० फागुन २ मा सिन्धुलीमा सरुवा भएका शर्मा दुई महिनामा नै सरुवा भएका हुन् । यसअघि पनि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले बारा, सर्लाही, धनुषा, रौतहट र बाँकेका एसपीलाई अवधि नपुग्दै हटाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण