शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखामा समानूपातिकतर्फको मतगणना सकियो, मतान्तरको दूरी घट्यो

मङ्गलबार, २६ मङ्सिर २०७४, १४ : ०१
मङ्गलबार, २६ मङ्सिर २०७४

दोलखा– दोलखामा मंगलबार समानूपातिकको मतगणना पनि सम्पन्न भएको छ । प्रत्यक्षतर्फ धेरै मतान्तरमा प्रतिस्पर्धा भएको एमाले र नेपाली कांग्रेसबीच समानूपातिकतर्फ भने धेरै मतको अन्तर देखिएन । प्रतिनिधिसभा प्रत्यक्षतर्फ एमालेका उम्मेद्वार पार्वत गुरुङले ५५ हजार ९ सय ५४ मत ल्याएर कांग्रेसका उम्मेद्वार रुद्रबहादुर खड्कालाई ३० हजार बढीको मतान्तरले जित हासिल गरेका थिए ।

रुद्रबहादुर खड्काको २५ हजार ८ सय १ मत प्राप्त गरेका थिए । तर प्रतिनिधिसभा समानूपातिकतर्फ ती दुई पार्टीको अन्तर धेरै देखिएन । करिब १४ हजार मतले एमाले–कांग्रेसको मतान्तर देखिएको छ ।

प्रतिनिधिसभा समानूपातिकतर्फ एमालेले ३८)४७ मत प्राप्त गरेको छ भने कांग्रेसले २४०४७ मत प्राप्त गरेको छ । त्यस्तै प्रदेशसभातर्फ एमालेले ३७ हजार ८ सय ३० मत प्राप्त गरेको छ भने कांग्रेसले २३ हजार ६ मत प्राप्त गरेको छ । उता माओवादी केन्द्रले समानूपातिक प्रतिनिधिसभातर्फ १८ हजार ७ सय २ र प्रदेशसभातर्फ  १९ हजार १ सय ११ मत प्राप्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप