शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा समानुपातिकमा समेत एमालेकै वर्चश्व

मङ्गलबार, २६ मङ्सिर २०७४, १४ : ३४
मङ्गलबार, २६ मङ्सिर २०७४

गुल्मी–गुल्मी जिल्लाको समानुपातिक मतगणना समेत सम्पन्न भएको छ । हिजो विहानदेखि सुरु भएको मतगणना अहिले बिहान सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  जिल्ला जन सम्पर्क कार्यालयबाट प्राप्त मत परिणाम अनुसार प्रत्यक्षमा सवै स्थान जितेको वामगठबन्धनमध्ये समानुपातिकमा समेत नेकपा एमाले पहिलो पार्टी बनेको छ । उसको सवै प्रदेश र वडामा वर्चश्व देखिएको छ । 
क्षेत्र नम्वर १ मा प्रतिनिधी सभातर्फ खसेको कुल मत ७०६४७ मध्ये ३०४८ वदर भएको छ । सदर मत ६७५९९ मध्ये रुख चिन्हमा २७२८८ मत खसेको छ । रुख चिन्हमा ३१६३७ मत खसेको छ । गोलाकार भित्रको हँसिया हतौडामा ५२४४ मत खसेको छ । सोही क्षेत्रका प्रदेश ‘क’ मा कुल खसेको मत ३३४६४ रहेको छ । त्यसमध्ये वदर मत सख्या २७९९ रहेको छ भनेर सदर मत ३०६६५ रहेको छ । 
त्यसमध्ये रुख चिन्हमा ११५३४ मत खसेको छ । सुर्य चिन्हमा १३४१० मत खसेको छ । गोलाकार भित्रको हसिया हतौडामा ३९२५ मत खसेको छ । प्रदेश ‘ख’ मा खसेको मत संख्या ३७१८३ मध्ये वदर २४९२ रहेको छ ।  सदर मत ३४६९१ मध्ये रुख चिन्हमा १४५४६ मत , सुर्य १६५२८ र हसिया हतौडामा  २१३० मत खसेको छ । 
क्षेत्र नम्व २ मा खसको मत संख्या ५८१२८ रहेको छ । वदर ४३६९ र सदर मत ५३७५९ रहेको छ । रुख चिन्ह १८२५६ , सुर्य २८४२५ र हँसिया हतौडामा ४१३६ मत खसेको छ । सोही क्षेत्र प्रदेश ‘क’ खसेको कुल २८९०६ मत । वदर २६८० र सदर २६२२६  रहेको छ । रुख चिन्हमा १०३५२ , सुर्यमा १४१६४ र हँसिया हतौडामा ८०० मत खसेको छ । 
 प्रदेश ‘ख’ मा खसेको कुल मत २९२२२ , वदर ३९०० र सदर २५३२२ रहेको छ । रुख चिन्हमा ६७०३ , सुर्य १२२६९ र हँसिया हतौडा ४२४२ रहेको छ ।  समानुपातिकमा चौथो दलका रुपमा राष्ट्रिय जनमोर्चा देखिएको छ ।
 उसले क्षेत्र नम्वर १ वाट ११४० मत प्राप्त गरेको छ भने क्षेत्र नम्वर २ बाट ५४२ मत पाएको छ । पाँचौ दलका रुपमा राप्रपा प्रजातान्त्रिकले क्षेत्र नम्वर १ बाट ४९ मत र क्षेत्र नम्वर २ मा ५१५ मत प्राप्त गरेको छ ।  छैठौं दलका रुपमा राप्रपाले क्षेत्र नम्वर १ मा १३१  र २ मा १५० मत प्राप्त गरेको छ । अरु दलहरु त्यो भन्दा थोरैको संख्यामा मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप