प्रतिनिधि र प्रदेशसभा निर्वाचन हार्नुमा कांग्रेसले निकाल्यो यस्तो निश्कर्ष
मङ्गलबार, २६ मङ्सिर २०७४, १४ : ३७
काठमाडौं– सत्तारुढ नेपाली काग्रेसले शान्ति र संविधान निर्माणको पक्षमा गरिएका काम जनतालाई बुझाउन नसक्दा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोर्नु परेको निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले संविधान निर्माणको समेत नेतृत्व लिएको नेपाली कांग्रेसले आम मतदातालाई बुझाउन नसक्दा निर्वाचनमा हार व्यहोर्नु परेको प्रतिक्रिया दिएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले बाम गठबन्धनबीचको सहकार्यले पनि निर्वाचनमा आफ्नो पार्टीले अनपेक्षित पराजय भोग्नु परेको पनि स्पष्ट पारे ।
कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन आयोग, नेपाल सरकार र सम्वद्ध सबै पक्षलाई धन्यवाद पनि व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्तालाई निर्बाध इन्टरनेट सेवा उपलब्ध नगराए हदैसम्मको कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण
-
वैशाख ३१ मा बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत
-
आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनीत
-
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन मन्त्रालयकाे अपिल
-
सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने
-
डढेलो रोक्न हेलिकोप्टर प्रयोगबारे मन्त्रिपरिषद्मा गृहमन्त्री लामिछानेको प्रस्ताव