शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन सम्पन्न गर्न सरकारको भुमिका प्रशंसनीयः आयोग

मङ्गलबार, २६ मङ्सिर २०७४, १६ : ३१
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले खेलेको भूमिका गर्व गर्न लायक रहेको जनाएको छ ।
 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सुरक्षा चुनौतिका बीच पनि आम मतदातालाई सुरक्षाको पूर्ण प्रत्याभूति गराएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने नेपाल सरकारको भूमिका गर्व गर्न लायक रहेको बताएका हुन् । 

मंगलबार निर्वाचन पर्यवेक्षकहरुको निर्वाचनसम्बन्धि समिक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमार्फत् आम नेपाली जनताले लोकतन्त्र, संघीयता र संविधान कार्यान्वयनमा देखाएको चासोप्रति पनि आभार व्यक्त गरे ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो भने दोस्रो चरणको निर्वाचनमा ६८ दशमलव २ प्रतिशत मत खसेको थियो । प्रमुख निर्वाचन आयुक्त यादवले दुवै चरणको निर्वाचनमा आम मतदाताको उल्लेख्य सहभागिता रहेको दावी समेत गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप