सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डले क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने

शुक्रबार, १३ साउन २०७९, १६ : २०
शुक्रबार, १३ साउन २०७९

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने भएको छ । बोर्डले धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउन वा सुरक्षण प्रदान गर्न यस्तो व्यवस्था गर्न लागेको हो । 

बिहीबार आर्थिक वर्ष २०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्ड यस्तो योजना सुनाएको हो । क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी यसै वर्षभित्र कार्यान्वयनमा समेत ल्याउने बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।

यस्तो व्यवस्था भए अहिले मर्कामा परेका साना लगानीकर्ताहरुको लगानीको सुनिश्चित हुने बताइएको छ । यस्तै, धितोपत्र व्यवसायीहरुको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने समेत बोर्डले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप