भारतमा लोकसभा चुनाव : चौथो चरणको मतदान सुरु
नयाँ दिल्ली । लोकसभा चुनावको चौथो चरणमा आज जम्मू कश्मीरको ९ राज्य र एउटा केन्द्र शासित प्रदेशको ९६ सिटमा मतदान सुरु भएको छ । यसबाहेक आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सिटमा पनि मतदान भइरहेको छ ।
बिहारको मुंगेरमा मतदान गर्नुअघि एक पोलिङ एजेन्टको हृदयाघातका कारण मृत्यु भएको छ । अर्कोतर्फ, पश्चिम बंगालको बोलपुरमा मतदानको एक दिन अघि राति अबेर राती एक टीएमसी कार्यकर्ताको हत्या भएको खबर छ।
सन् २०१९ मा, बीजेपीले ४२ सिट, वाईएसआर कांग्रेसले २२, बीआरएसले ९ र कांग्रेसले ६ सिट जितेको थियो। अन्यले १७ सिट पाएका थिए । चौथो चरणको मतदान सकिएपछि लोकसभाको ५४३ सिटमध्ये ३८० सिटमा मतदान हुनेछ। यसपछि मे २०, मे २५ र जुन १ मा १६३ सिटमा मतदान हुनेछ । नतिजा जुन ४ गते प्रकाशित हुनेछ ।
यस चरणमा ५ केन्द्रीय मन्त्री चुनाव लडिरहेका छन् । यसबाहेक देशका दुई धनी उम्मेदवार चुनावी मैदानमा छन् । आन्ध्र प्रदेशको गुंटुरका टीडीपी उम्मेदवारको सम्पत्ति ५ हजार ७०५ करोड भारतीय रुपैयाँ छ भने तेलंगानाको चेवेल्ला सीटबाट भाजपा उम्मेदवारको सम्पत्ति ४ हजार ५६८ करोड भारतीय रुपैयाँ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण