सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हनि ट्र्यापको आरोपमा दम्पति पक्राउ

शुक्रबार, १३ साउन २०७९, १७ : २७
शुक्रबार, १३ साउन २०७९

हनि ट्रयापमा पारेर पुरुषलाई रकम बार्गेनिङ गरेको आरोपमा प्रहरीले पती पत्नीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु घर भई भक्तपुरको बालकोट बस्ने २४ वर्षका शेखर बास्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउत छिन् । 

फेसबुकमार्फत साथी बनेर फोनको आदान प्रदान गरेर समन्वय गराई उनीहरुले झुटा मुद्दा लगाउने र फसाउने त्रास देखाएर मोल मोलाइ गर्ने गरेका थिए । साउन १२ मा दम्पतीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । 

प्रहरीले केही दिनअघि सिन्धुली घर भएकी कल्पना बस्नेत र उनको श्रीमानलाई पनि हनि ट्रयाप धन्दा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप