विभाजनपछि जसपा नेपालको पहिलो केन्द्रीय समिति बैठक, सदस्यहरूको नाम दर्ता गरिँदै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक ललितपुरमा बस्दैछ । पार्टी विभाजनपछि केन्द्रीय समितिको यो पहिलो बैठक हो ।
जसपा नेपालबाट अशोक राई नेतृत्वमा पार्टी विभाजन भएपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज केन्द्रीय समितिको बैठक बोलाएका छन् । ११ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु हुने देखिएको छ ।
केन्द्रीय सदस्य आउने क्रम जारी रहेको कारण बैठकमा केही ढिलाइ भएको पार्टी केन्द्रीय कार्यालय सचिव सीपी सिंहले बताए । बैठक भोलिसम्म चल्नेछ । बैठकस्थलमा आउने केन्द्रीय सदस्यहरूले आफ्नो नाम दर्ता गराइरहेका छन् । यो बैठकले कसको पक्षमा कति केन्द्रीय सदस्य रहेको कुरा पनि तय गर्ने भएको हुनाले सबैको नाम दर्ता तथा हस्ताक्षर गराउने काम भइरहेको छ । हालसम्म दुई सय जनाभन्दा बढीले नाम दर्ता गराइसकेको बताइएको छ ।
जसपाको केन्द्रीय समिति ३६५ सदस्यीय रहेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन् ।
१८ जना कार्यकारिणी सदस्यमध्ये एक जना सदस्य अशोक राईको पक्षमा लागिसकेका छन् । अशोक राई नेतृत्वको जसपाले ३२ सदस्यीय कार्य समिति पनि घोषण गरेको छ ।
निर्वाचन आयोगले प्रदेश तथा स्थानीय तहको प्रतिनिधिका लागि सनाखतको समय दिएको छ । जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा सनाखतको काम पनि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण