बङ्गलादेश छात्रवृत्ति प्रकरण : बङ्गलादेशका राजदूतसँग शिक्षामन्त्रीको छलफल
काठमाडौँ । छात्रवृत्तिमा पढ्न जाने विद्यार्थीको सूची फरक परेको विषयमा नेपालले बङ्गलादेशका राजदूतसँग छलफल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीसँग छलफल गरेकी हुन् ।
छलफलको क्रममा मन्त्री श्रेष्ठले छात्रवृत्तिका लागि पठाएको सूचीमा फरक नाम परेको विषयमा जिज्ञासा राखेकी थिइन् । जवाफमा राजदूत चौधरीले उक्त समस्याको विषयमा बङ्गलादेश सरकार जानकार रहेको भन्दै यथाशीघ्र समाधान गर्ने तर्फ सकारात्मक पहल गर्ने बताएका थिए ।
राजदूतसँग छात्रवृत्ति कोटाबारे उठेका प्रश्नबारे छलफल भएको थियो । छात्रवृत्तिमा पढ्न जान नेपालले सिफारिस गरेका २२ जनामध्ये १० जनाको फरक नामसहितको विवरण सार्वजनिक भएको थियो । उक्त विषयमा नेपालले बङ्गलादेशलाई कूटनीतिक नोट पठाएको छ । तर, यो विषयमा हालसम्म कुनै जवाफ आएको छैन ।
बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्न जाने भनेर चिकित्सा शिक्षा आयोगले पठाएको सूचीभन्दा फरक नाम सार्वजनिक भएको थियो । एमबीबीए र बीडीएस पढ्नका लागि बङ्गलादेश सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा आयोगले सिफारिसको भन्दा १० जना अरू नै विद्यार्थीको नाम आएपछि नेपालले बङ्गलादेशलाई कूटनीतिक नोट पठाएको थियो ।
बङ्गलादेश सरकारले १९ वटा एमबीबीएस र ३ जना बीडीएस गरी २२ जनालाई छात्रवृत्ति दिने भन्दै नेपाललाई पत्राचार गरेको थियो । सोही आधारमा शिक्षा मन्त्रालयले आयोगमार्फत २२ जनाको नाम सिफारिस गरेको थियो । आयोगले एकीकृत प्रवेश परीक्षामा मार्फत पास भएका २२ जनाको सूची सार्वजनिक गर्दै उनीहरूलाई बङ्गलादेश पठाउन सिफारिस गरेको थियो । तर, बङ्गलादेशको चिकित्सा शिक्षा महानिर्देशनालय (डीजीएमई) ले सार्वजनिक गरेको सूचीमा १० जना विद्यार्थी नेपालले सिफारिस गरेका भन्दा फरक परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण