शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा १५ हजार मत बदर

मङ्गलबार, २६ मङ्सिर २०७४, २० : ०१
मङ्गलबार, २६ मङ्सिर २०७४

निकेश खनाल

बर्दिबास – मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतदानमा २ लाख १४  हजार ९ सयले मतदान गरेका छन् ।

३ लाख १७ हजार ७ सय ८९ कुल मतदाता रहेको महोत्तरीमा १ लाख ९९ हजार  ५ सय  १९ मत सदर भएको छ । प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ८ निर्वाचन क्षेत्र रहेको महोत्तरीमा  कुल १५ हजार  २ सय ८० मत बदर भएको जिल्ला निर्वाचन कार्यलय महोत्तरीले जनाएको छ ।

मत बदर हुने कारण

मतदाताले मत कसरी हाल्ने त्यस सम्बन्धमा जानकारी नभएको, एउटै महलमा दुईटाको स्वास्तिक छाप लगाएको , खसेको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको, मतपत्रमा स्वास्तिक छापको ठाँउमा औंठा छाप लगाइएको कारणले मत बदर भएको हो ।

बदर मत रोक्न निर्वाचन कार्यलय महोत्तरीले मतदाता शिक्षा चलाएकोले थोरै मात्र मत बदर भएको  जिल्ला निर्वाचन कार्यलय महोत्तरीकी प्रमुख पिंकी रायले रातोपाटीलाई बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप