शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँका विजयी उम्मेद्वारहरुको गलामा माला र खादाको भारी, बधाई थाप्न भ्याइनभ्याई (फोटो फिचर)

मङ्गलबार, २६ मङ्सिर २०७४, २० : ३१
मङ्गलबार, २६ मङ्सिर २०७४

किरण श्रेष्ठ 

तनहुँ  – बामगठबन्धन तनहुँ क्षेत्र नं १ र २ का प्रतिनिधीसभाका उम्मेद्वार र प्रदेश सभाका निर्वाचित  उम्मेद्वारहरुलाई  मतदाताहरुको  बधाई थाप्न भ्याइनभ्याई भएको छ । 

क्षेत्र न. २ का प्रतिनिधीसभाका उम्मेद्वार केदार सिग्देल र प्रदेशसभा क की उम्मेद्वार आशा कोइरालालाई आफुले मत दिएर विजयी गराएका  उम्मेद्वारहरु घरदैलोमा आउँदा मतदाताहरुमा खुशीको सीमा नै रहेको थिएन ।

मंगलवार विहान व्यास नगरपालिका वडा नं ५ पाटनदेखि शुरु भएको बधाई तथा घरदैलो कार्यक्रम पृथ्वीराजमार्ग खण्डको तल्लो गुणादी, माथिल्लो गुणादी, जामुने, थर्पु, खैरेनीटार, दुलेगौडा र कोत्रेसम्मका स्थानीयवासीले विजयी उम्मेद्वारहरुलाई फुल मालाले स्वागत तथा बधाई दिन स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो । 

उक्त अवसरमा अविर, फुल, माला र खाँदाले उम्मेद्वारहरुको गलामा चाँङ लागेको थियो ।  उम्मेद्वारहरुको गलामा देखिएको मालाको चाङले कतै ओली र प्रचण्डको भन्दा स्वागतमा कमी नभएको सर्वसाधारणहरुले टिकाटिप्पणी समेत गरेका थिए । शुरुमा चापाघाटदेखि तल्लो गुणादी माथिल्लो गुणादीलगायतका स्थानमा स्थानीयबासीहरुले राम्रो काम गरेस्, पटक पटक आउँदै गरेस भन्दै आर्शिवाद दिएका थिए । 

उक्त अवसरमा उम्मेद्वारद्धय नेताले जनता समक्ष दिएका आश्वसन र घोषणापत्रमा लेखिए बमोजिम विकास निर्माणका कामहरु गर्न आफूहरु कटिबद्ध रहेको बताएका थिए । 

उक्त बधाई कार्यक्रममा स्वागत तथा सम्मान गर्न स्थानीयबासीहरु आतुर रहेको देखिन्थे । घरका कामधन्दा सबै छाडेर निर्वाचित उम्मेद्वारहरुलाई भेट्न र माला लगाउन उनीहरु आतुर भएका थिए । 

त्यसैगरी, बुधवार शुक्लागण्डकी नगरपालिका क्षेत्र अन्र्तगत पर्ने ढोरफिर्दी र राइपुर खण्डमा घरदैलो कार्यक्रम रहेको बताइएको छ । त्यसैगरी क्षेत्र नं १ का प्रतिनिधीसभाका उम्मेद्वार कृष्ण कुमार श्रेष्ठ र क्षेत्र नं १ को प्रदेशसभा क का उम्मेद्वार हरिबहादुर चुमानलाई पनि मतदाताहरुका पुग्न भ्याइन नभ्याई हुने गरेको छ । 

  

 क्षेत्र नं १ को बन्दिपुर गाउँपालिका र आँवुखैरेनी गाउँ पालिकाको विभिन्न वडाहरुमा विजयी उम्मेद्वारहरुको स्वागत तथा बधाई दिन जनलहर उर्लिएको थियो । साँझ अवेर सम्म पनि बधाई दिन अविर माला लगाउन स्थानीय बासीहरुको भीड लागेको थियो ।

उक्त  अवसरमा कतिपय मानिसहरुले विजयी उम्मेद्वारहरु संग बसेर सेल्फी फोटो खिच्ने रहर पनि मेटाएका दृश्य देख्न सकिन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप