खेलाडी उत्कृष्ट छन्, थोरै टेक्निकको आवश्यक : प्रभाकर
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आधिकारीक रुपमा नेपाली प्रशिक्षकत्व सम्हालेका छन् । शनिबार नेपाल आएका उनले आधिकारीक रुपमा आइतबारबाट नेपाली टोलीको जिम्मेवारी सम्हालेका हुन् ।
नेपाली टोलीको जिम्मेवारी सम्हालेका उनले खेलाडीहरु उत्कृष्ट भएको तर, उनीहरुमा थोरै टेक्निकको आवश्यक्ता भएको बताए । विश्व स्तरका खेलाडीहरूले पनि टेक्निकको आधारमा धेरै रन बनाउने भएकाले नेपाली खेलाडीहरुलाई पनि सोही टेक्निक आवश्यक भएको बताए । ‘खेलाडीहरु धेरै राम्रो छन् । उनीहरुको ब्याटिङ पक्षमा थोरै टेक्निक थप्न जरुरी छ । त्यो भएमा सबै ठिक हुनेछ । टेक्निकका साथ केएल राहुल र विराट कोहलीले रन बनाएको देखेको छु । टी–ट्वान्टी क्रिकेटमा टेक्निकको आवश्यक पर्छ,’ उनले भने ।
प्रभाकरले नेपालको एकदिवसीय मान्यता जोगाउन आफूले अब धेरै मेहेनत गर्ने बताएका छन् । नेपालले आईसीसी विश्वकप लिग टू मा २० खेलमा जम्मा ११ खेलमा जित निकालेको हुँदा बाँकी १६ खेलमा आफूले धेरै खेलमा जित निकाल्ने तरिकाले खेल्ने बताए । उनले ब्याटिङको समस्या छिटै समाधन हुने बताएका छन् । उनले आफू सबैभन्दा पहिले टिमको समस्यालाई निहालेर अघि बड्ने बताए । ‘मेरो पहिलो लक्ष्य आईसीसी विश्वकप लिग टूको धेरै खेलमा जित निकाल्ने हुनेछ । नेपालले २० खेल खेलि सकेको छ । मात्र १६ खेल खेल्न बाँकी छ । अब बाँकी खेलमा धेरै भन्दा धेरै जित निल्ने लक्ष्य छ । यसले नेपालको एकदिवसीय मान्यतालाई जोगाउन सहयोग गर्नेछ,’ उनले भने ।
प्रभाकरले नेपाली टोलीमा एकता हुने र सबै खेलाडी परिवारको जस्तो रहने बताए । सबै खेलाडीलाई आफूले एक परिवारको जस्तै तरिकाले लिने उनले बताए । उनले सबै खेलाडीलाई एक ढिक्का बनाएर जाने तर कुनै खेलाडीले सोही अनुसार नजाने भएपछि त्यसलाई टिमका लागि उत्कृष्ट रिजल्ट व्यक्तिगत रुपमा नै लिन लगाउने वातावरण ल्याउने बताए । ‘टिममा भएका सबै खेलाडीको एकता हुनेछ । हामी सबैलाई परिवारको जस्तो अघि लिएर जानेछौँ । यदि कुनै खेलाडीले खेल्न नमानेमा हामीले उनीहरुलाई व्यक्तिगत रुपमा जिम्मेवारी दिइनेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु