चेल्सीको सहज जीत
शनिबार, २२ असोज २०७९, २२ : ४१
म्यानेजरविहीन रहेको वुल्भ्समाथि चेल्सीले सहज जीत हासिल गरेको छ । शनिबार राति भएको खेलमा लिगको पुछारमा रहेको वुल्भ्सलाई चेल्सीले ३-० गोल अन्तरले हराएको हो ।
पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै काई हाभर्टजले चेल्सीलाई अग्रता दिलाए । दोस्रो हाफमा क्रिस्टियन पुलिसिचले अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर अर्मान्डो ब्रोजाले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । ८ खेलपछि चेल्सी १६ अंक बटुल्दै लिगको चौथो स्थानमा रहेको छ ।
शनिबार नै भएको अन्य खेलमा न्युक्यासलले ब्रेन्टफोर्डमाथि ५-१ को शानदार जीत हासिल गरेको छ । लेस्टर सिटी भने बोर्नेमाउथसँग २-१ ले पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’