सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

१ लाख फिरौती नदिँदा १८ वर्षीय युवकको विराटनगरमा हत्या

शुक्रबार, २८ असोज २०७९, १३ : ५२
शुक्रबार, २८ असोज २०७९

विराटनगर बसपार्कको एक होटेलमा १८ वर्षीय युवकको हत्या भएको छ । हत्या हुनेमा सिरहा गोलबजार घर भएका अंशु सदा रहेका छन् । सदालाई अपहरण गरेर विराटनगरको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ । 

अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेका थिए । १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । 

सामान्य किसान परिवारका सदा परिवार निम्न आर्थिक अवस्थाका हुन् । उनको हत्या २७ गते बेलुकै भएको कोइरालाको भनाइ छ । उनलाई इँटाले मुखमा हानेर कोठाभित्रै हत्या गरेपछि शवलाई बक्स पलङभित्र हालेर भाग्ने कोसिसमा थिए । 

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की रहेका छन् । घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप