शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीलाई अपशब्द बोलेको भन्दै ललितपुरमा एक जनाको हत्या

मङ्गलबार, १५ कात्तिक २०७९, १३ : १३
मङ्गलबार, १५ कात्तिक २०७९

ललितपुरमा एकजना पुरुषको खुकुरी प्रहार गरी भएको छ । ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने ३५ वर्षीय रामचन्द्र राईको खुकुरी प्रहार गरी हत्या भएको हो । यस अभियोगमा खोटाङ साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४१ वर्षीय राजेन्द्र राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

राजेन्द्रले खुकुरी प्रहार गर्दा रामचन्द्रको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा रामचन्द्र राईले हेपेर बोल्ने गरेको र राजेन्द्रकी श्रीमती समेतलाई अपशब्द बोलेको विषयलाई लिएर वादविवाद हुँदा राजेन्द्रले खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप