शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टी-२० विश्वकप : अमेरिकाको टोलीमा न्युजिल्याण्डका लागि विश्वकप खेल्ने खेलाडी

शनिबार, २२ वैशाख २०८१, ०९ : ४२
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । वेस्ट इन्डिजसँगै सह-आयोजक अमेरिकाले टी-२० विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ । ३१ वर्षका विकेटकिपर मोनांक पटेललाई कप्तानी दिइएको छ भने भारतबाट अमेरिका बसेका उन्मुक्त चन्दले स्थान पाएनन् । 

यद्यपि, सबै टोलीले मे २५ सम्म आफ्नो टोलीमा परिवर्तन गर्न सक्नेछन् । विश्वकप जुन २ बाट सुरु भई जुन २९ सम्म चल्नेछ ।

न्युजिल्याण्डका लागि २०१५ को एकदिवसीय विश्वकप खेलेका कोरी एन्डरसनले अमेरिकी टोलीमा स्थान पाएका छन्। हालै अमेरिकाले टी–२० सिरिजमा क्यानडालाई ४–० ले हराएको थियो । 

घरेलु टोलीले यही जुन २ मा विश्वकपको उद्घाटन खेलमा यही टोलीसँग खेल्नेछ । समूह ‘ए’ मा रहेको टोली यस समूहमा भारत, पाकिस्तान र आयरल्याण्ड पनि परेका छन् ।

  • विश्वकपका लागि अमेरिकी टोली

मोनांक पटेल (कप्तान), आरोन जोन्स (उप-कप्तान), एन्ड्रिज गस, कोरी एन्डरसन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे, सौरभ नेत्रलोकर, शाडले भान शाल्कविक, स्टीवन टेलर , शायन जहाँगीर ।

रिजर्भ खेलाडी: गजानन्द सिंह, जोन ड्रिसडेल, यासिर मोहम्मद।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप