टी-२० विश्वकप : अमेरिकाको टोलीमा न्युजिल्याण्डका लागि विश्वकप खेल्ने खेलाडी
काठमाडौँ । वेस्ट इन्डिजसँगै सह-आयोजक अमेरिकाले टी-२० विश्वकपका लागि आफ्नो टोली घोषणा गरेको छ । ३१ वर्षका विकेटकिपर मोनांक पटेललाई कप्तानी दिइएको छ भने भारतबाट अमेरिका बसेका उन्मुक्त चन्दले स्थान पाएनन् ।
यद्यपि, सबै टोलीले मे २५ सम्म आफ्नो टोलीमा परिवर्तन गर्न सक्नेछन् । विश्वकप जुन २ बाट सुरु भई जुन २९ सम्म चल्नेछ ।
न्युजिल्याण्डका लागि २०१५ को एकदिवसीय विश्वकप खेलेका कोरी एन्डरसनले अमेरिकी टोलीमा स्थान पाएका छन्। हालै अमेरिकाले टी–२० सिरिजमा क्यानडालाई ४–० ले हराएको थियो ।
घरेलु टोलीले यही जुन २ मा विश्वकपको उद्घाटन खेलमा यही टोलीसँग खेल्नेछ । समूह ‘ए’ मा रहेको टोली यस समूहमा भारत, पाकिस्तान र आयरल्याण्ड पनि परेका छन् ।
- विश्वकपका लागि अमेरिकी टोली
मोनांक पटेल (कप्तान), आरोन जोन्स (उप-कप्तान), एन्ड्रिज गस, कोरी एन्डरसन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे, सौरभ नेत्रलोकर, शाडले भान शाल्कविक, स्टीवन टेलर , शायन जहाँगीर ।
रिजर्भ खेलाडी: गजानन्द सिंह, जोन ड्रिसडेल, यासिर मोहम्मद।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण