शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रको पहलमा एमाले पर्साको निर्वाचन सुरु

शनिबार, २२ वैशाख २०८१, १४ : ०६
शनिबार, २२ वैशाख २०८१

वीरगन्ज । नेकपा एमाले पर्साको पदाधिकारी तथा सदस्य छनोटका लागि निर्वाचन सुरु भएको छ । अधिवेशन सुरु भएको पाँचौँ दिनपछि एमाले पर्साको निर्वाचन प्रक्रिया सुरु भएको हो । मध्यान्ह साढे १२ बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन समितिले जनाएको छ । 

पदाधिकारी छनोटमा आन्तरिक सहमति नजुट्दा निर्वाचन प्रक्रिया बिथोलिएको थियो । जिल्ला अध्यक्षमा डा.विश्वम्भर शर्मा निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूमा संस्थापन पक्षले धाँधली गरेको भन्दै अर्को पक्षले विरोध गरेको थियो । सो लगत्तै  अर्को पक्षले कार्यालयमा तालाबन्दी गरेको थियो ।

संस्थापन पक्षले धाँधली गरेको भन्दै शुक्रवार साँझ निर्वाचन स्थलमा दुई पक्षबिच कुटाकुटसमेत भएको थियो । माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान राखेको संस्थापन इतर पक्षले भने आज निर्वाचन प्रक्रियामा भाग लिएको छ । 

पार्टी केन्द्रले पहल गरेपछि दुईवटै पक्षले आपसी सहमतिमा निर्वाचन प्रक्रियामा भाग लिएको  संस्थापन इतर पक्षका रामकिशोर सिंह (पराग) ले बताए ।  उनले भने, ‘केन्द्रले पहल गर्‍यो, जिल्लामा पनि जे गर्नुछ तपाईंहरु निर्वाचनमा भाग लिएर गर्नुस् भन्न थालियो । त्यसपछि हामी पनि त्यही हिसाबले निर्वाचनमा होमिएका हौँ ।’

उपाध्यक्ष, सचिव, उपसचिव, लेखा समिति अध्यक्षसहित अन्य पद तथा बाँकी सदस्यहरूका लागि निर्वाचन भइरहेको अध्यक्षमा निर्वाचित शर्मा बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप