शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बजार

यो साता घट्यो सुनचाँदीको मूल्य

शनिबार, २२ वैशाख २०८१, १३ : ४२
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारसम्मको तुलनामा यो साता मूल्य घटेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ थियो  यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ छ ।

सुनको मूल्यमा गिरावट आएको साता चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १६ सय ७५ रुपैयाँ रुपैयाँ थियो । यो साता प्रतितोला ३० रुपैयाँ घटेसँगै १६सय ४५ रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप