वेस्ट इन्डिजको विश्वकप टोलीमा नेपाल भ्रमणमा रहेका खेलाडी पनि समावेश
काठमाडौँ । टी–२० विश्वकपको आयोजक टोली वेस्ट इन्डिजले आईसीसी प्रतियोगिताका लागि आफ्नो टोलीको घोषणा गरेको छ । रोभम्यान पावेलले टोलीको कप्तानी गर्नेछन् भने तीव्र गतिका बलर शामर जोसेफ र शाई होप पनि टोलीमा परेका छन् ।
विश्वकप आयोजक वेस्ट इन्डिज समूह ‘सी’ मा रहेको छ भने समूहमा अफगानिस्तान, न्युजिल्यान्ड, पपुवा न्युगिनी र युगाण्डा रहेका छन् । टोलीले आफ्नो पहिलो खेल जुन २ मा पपुवा न्युगिनीसँग गुयानामा खेल्नेछ।
शामर जोसेफले वेस्ट इन्डिजका लागि टी–२० डेब्यु गरेका छैनन् । उनले यसै वर्ष जनवरीमा अस्ट्रेलियाविरुद्ध टेस्ट डेब्यू गरेका थिए, जहाँ उनले प्लेयर अफ द सिरिजको अवार्ड जितेका थिए।
यसपछि उनले लखनउ सुपरजायन्ट्सबाट आईपीएलमा डेब्यु गरे । यदि उनले विश्वकप खेल्ने मौका पाए भने उनले आईसीसी प्रतियोगितामा वेस्ट इन्डिजका लागि टी-२० मा डेब्यु गर्नेछन्। यस टोलीमा हाल नेपालको भ्रमणमा रहेका ‘ए’ टोलीका सदस्यहरू समावेश छन् ।
यस्तो छ टोली : रोभम्यान पावेल (कप्तान), अल्जारी जोसेफ, जोन्सन चार्ल्स, रोस्टन चेस, शिमरोन हेटमायर, जेसन होल्डर, शाइ होप, अकिल हुसेन, शमार जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोती, निकोलस पूरन, आन्द्रे रसेल, शेरफेन रदरफोर्ड र रोमारियो शेफर्ड।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण