गण्डकी प्रदेशको गौरव 'कोरोला–त्रिवेणी' सडक कालोपत्र गरिँदै

दमौली । गण्डकी प्रदेशको गौरव मानिएको कोरोला– त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढगाउँसम्मको खण्डमा कालोपत्रको तयारी पूरा भएको छ ।
सडक कालोपत्रको ठेक्का पाएको सपना निर्माण सेवाले घिरिङको मानपुरदेखि फुलासम्मको सात किलोमिटरमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ भने फूलादेखि डेढगाउँसम्मको चार किलोमिटरमा पनि कालोपत्र गर्न धमाधम ‘बेस’ तयार भइरहेको पूर्वाधार विकास कार्यालय जनाएको छ । उक्त खण्डमा पानीको निकासका निम्ति नालासँगै पर्खाल निर्माण पनि पूरा भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्गको स्तरोन्नति थालिएको हो ।
नवलपुरतर्फ बौदीकाली झ्यालबास १४ दशमलव १ किलोमिटर कालोपत्र गर्न सडक स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप सात किलोमिटर कालोपत्र गर्न बहुवर्षीय ठेक्का प्रक्रिया पनि प्रारम्भ भएको उक्त कार्यालयले जनाएको छ । झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर खण्ड निर्माण भइसकेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘इनिस्पेक्टर’हुँ भन्दै ठग्ने र स्कुटर चोर्ने गिरोहसहित आठ जना पक्राउ
-
मेची भन्सारबाट दश महिनामा करिब तेह्र अर्ब राजस्व सङ्कलन
-
१० महिनामा १४ खर्बको आयात, सबैभन्दा बढी पेट्रोलियम पदार्थ
-
माओवादीका शीर्ष नेता मारिए
-
सहसचिव भट्टराईको मोबाइल जफत, फरेन्सिक ल्याबमा पठाइँदै
-
बाफियाका प्रावधानमा विज्ञ र बैंकर्सबिच दुई धार