काठमाडौँ । काठमाडौँ उपत्यका अव्यवस्थित रूपमा निर्माण भएका घरले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गएको छ । व्यवस्थित बसोबास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल देखिन्छ ।
पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङले सम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सबैलाई प्रभाव पारेको छ । डोजरले खनेको र इट्टाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री वितरण गरिन्छ । न्यूनतम पूर्वाधार समेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ ।
कतै राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडी जग्गा प्लटिङ गरिएको छ त कतै जङ्गल र सार्वजनिक जग्गा मिचिएको अवस्था पनि छ । तर मापदण्ड नपुगीकन गरिएका प्लटिङलाई समेत सरकारले कारबाही गरेको देखिँदैन । हेरौँ न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका तस्बिरहरू आजको फोटो फिचरमा :
_zRTvZ9HOdY.jpg)
_TQktWJEClD.jpg)
_gCrQsdxshA.jpg)
_Z1JTaiwcad.jpg)
_MeFBwaWmZA.jpg)
---copy_ogoq5sK4vZ.jpg)
---copy_19ZT9raavr.jpg)
---copy_x75hmQrwaQ.jpg)
---copy_tfz6AuheMm.jpg)
---copy_j9p9xP7pJL.jpg)
---copy_npn5ZqKt3Q.jpg)
---copy_eW98QMiE94.jpg)
प्रतिक्रिया