शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
व्यवस्थित बनाउने बहानामा अव्यवस्थित काम (फोटो फिचर)
प्लटिङ

व्यवस्थित बनाउने बहानामा अव्यवस्थित काम (फोटो फिचर)

शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका अव्यवस्थित रूपमा निर्माण भएका घरले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गएको छ । व्यवस्थित बसोबास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल देखिन्छ । 

पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङले सम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सबैलाई प्रभाव पारेको छ । डोजरले खनेको र इट्टाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री वितरण गरिन्छ । न्यूनतम पूर्वाधार समेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । 

कतै राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडी जग्गा प्लटिङ गरिएको छ त कतै जङ्गल र सार्वजनिक जग्गा मिचिएको अवस्था पनि छ । तर मापदण्ड नपुगीकन गरिएका प्लटिङलाई समेत सरकारले कारबाही गरेको देखिँदैन । हेरौँ न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका तस्बिरहरू आजको फोटो फिचरमा :

platting (1)platting (2)platting (3)platting (4)platting (5)platting (7) - Copyplatting (8) - Copyplatting (9) - Copyplatting (10) - Copyplatting (11) - Copyplatting (12) - Copyplatting (13) - Copy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया