आइतबार, ०९ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

जसपा र नेकपा एसको एकता : एक अर्काको दस्तावेज अध्ययन गर्दै कार्यदल

शनिबार, ०७ माघ २०७९, २३ : ०१
शनिबार, ०७ माघ २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) बीचको एकता वार्ता समितिले कार्यदल गठन गरी एक अर्काका दस्तावेज अध्ययन थालेको छ । 

शुक्रबार बसेको एकता वार्ता समितिको बैठकले एक अर्काका दस्तावेज अध्ययन गर्न गोविन्द चौधरी र डा. विजय पौडेल रहेको कार्यदल बनाएको छ । कार्यदलले दुबै पार्टी बीचका समानता र असमानता पहिल्याइ आगामी बैठकमा पेस गर्ने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।

दस्तावेज अध्ययन गरेपछि तत्काल मिल्ने कुरालाई कार्यदलमै मिलाउने र नमिल्ने कुरालाई नेतृत्वमा तहमा पठाउने सहमति भएको बताइएको छ । दस्तावेज अध्ययन गरेर मिल्ने र मिल्न नसक्ने विषयवस्तुको सूचीकृत गर्दैछ ।  कार्यदलले पहिल्याएका समान धारणाहरुमा सहकार्य गर्दै जाने र असमान धारणाहरु हल गर्दै जाने वार्ता समितिको बैठकले निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप