युक्रेनी राष्ट्रपति र युरोपेली संघका अध्यक्षबीच भेटवार्ता
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेन लियोनबीच भेटवार्ता भएको छ । त्यस क्रममा युक्रेनलाई संघले उपलब्ध गराउने सहयोगका विषयमा कुराकानी भएको बताइएको छ ।
युक्रेनी राष्ट्रपतिले आफ्नो देशलाई निरन्तर सहयोग गरेकामा संघको सराहना गरे । उनले संघका अध्यक्ष युक्रेनको वस्तुस्थिति बुझ्न किएभ आउनु आफ्नो मुलुकका लागि महत्वपूर्ण भएको उनको प्रेस सेवाले जनाएको छ ।
संघका अध्यक्षले सङ्घको सदस्यका लागि सन् २०२२ मा नै छानिएको विषयमा पनि जानकारी दिएका थिए ।
रुसी आक्रमणबाट तहसनहस भएको युक्रेनलाई विश्व विभिन्न देशले सहयोग गर्दै आएका छन् । सङ्घले पनि लामो समयदेखि किएभलाई आर्थिक एवम् प्राविधिक सहायता प्रदान गर्दै आएको छ ।
यसअघि गत बुधबार मात्र अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गरेका थिए । (रासस/सिन्हवा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सेनाको उद्धारका लागि योजना बन्दैछ : प्रधानसेनापति
-
फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै
-
सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाको तयारी, सम्भाव्यता अध्ययन गर्न समिति गठन
-
सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ
-
पर्यटनमन्त्रीको सय दिन : राम्रो काममा हल्ला बढी, निर्णयमा ‘डबल स्ट्यान्डर्ड’