शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाली गृहमन्त्री आज फर्कँदै

शनिबार, २१ माघ २०७९, ०९ : ३१
शनिबार, २१ माघ २०७९

काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कँदै भएका छन् । बिहीबार साँझ नेपाल आएका नासुनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालबाट मलेसिया पठाइने श्रम शक्तिका बारेमा छलफल गरेका थिए । 

साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने र श्रमिकको हक हितका लागि  अनुकूल वातावरण निर्माण गर्नेबारेमा छलफल भएको थियो । 

नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिकहरू मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए । मलेसियन सरकारले कामदार अनुकूलको नीति निर्माण गरिरहेको उनले जानकारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप