शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा १४ वर्षीया बालिका बलात्कृत

शनिबार, २८ माघ २०७९, १६ : ४४
शनिबार, २८ माघ २०७९

भक्तपुर । भक्तपुरको एक होटलमा लगेर १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

तामाङले ती बालिकालाई गत आइतबार भक्तपुर, भक्तपुर नगरपालिका-९ ब्रह्मायणीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उक्त होटलकी संचालिकालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप